अन्तर्राष्ट्रिय ‘दबाब’का बीच रफामा सेना जाने इजराइली प्रधानमन्त्रीको भनाइ
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १९:७:५२
४ चैत, जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताएका छन् । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।
“हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन”, नेता न्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गरेको भिडियोमा भने, “यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।”
कतारको राजधानी दोहामा गाजामा युद्धविरामको दिशामा पुनः वार्ता सुरु हुने अपेक्षा गरिएको बेला उनको यस्तो टिप्पणी आएको हो । गाजामा इजराइलले पाँच महिनाभन्दा बढी समयदेखि हमास लडाकूविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ ।
नेता न्याहुले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्ने तयारी गरेका थिए । भेटमा सोल्सले रफामा स्थल आक्रमणविरुद्ध आफ्नो चेतावनी दोहोर्याउने अपेक्षा गरिएको थियो । रफामा अधिकांश गाजाबासीले लगातारको इजराइली आक्रमणबाट शरण मागेका छन् ।
गाजा युद्धमा इजराइलको समर्थन गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वसनीय नागरिक सुरक्षा योजनाबिना रफामा गरिने आक्रमणले इजराइल ‘वार्ताबाट भागेको’ हुने बताए। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले शुक्रबार ‘मानवताको नाममा’ इजराइलसँग रफामा आक्रमण नगर्न आग्रह गरेका थिए ।
नेतान्याहुले रफामा अपरेसनका लागि सेनाको योजनालाई अनुमति दिएको उनको कार्यालयले शुक्रबार बताएको थियो । यद्यपि आक्रमणका लागि कुनै समयतालिका दिइएको छैन ।
रफा गाजामा अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र हो । यहाँ अहिलेसम्म युद्धमा स्थल आक्रमण भएको छैन । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि युद्ध सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार