अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार ८:२८:४०
५ चैत, न्युयोर्क । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ।
कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ। यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ।
यसका लागि टिकटको मूल्य करिब ४.१० करोड रुपैयाँ हुनेछ । यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ। यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्नेछ। यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्नेछ।
ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट १ लाख फिट उचाइमा पुगे पछि स्पेस बेलुनमा उपस्थित यात्रुले वाइफाइको सुविधा पाउने छन् । यस मार्फत उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गर्न सक्नेछन्। यस बाहेक उनीहरू आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्ने छन्। यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउने छन्।
यसबाहेक स्पेस बेलुनमा यात्रुहरूलाई विशेष डिनर पनि दिइनेछ। शेफ रयासमस यसको लागि एक विशेष मेनु तयार गर्दैछन । यो स्पेसको थिममा आधारित हुनेछ। तर, मेनु भने टुंगो लागेको छैन । शेफ रासमस कोपेनहेगनको रेस्टुरेन्ट अल्केमिस्टमा काम गर्छन्। यसले उत्कृष्ट खाना र सुविधाको लागि पछिल्लो ४ वर्षमा दुई पटक मिशेलिन स्टार प्राप्त गरेको छ। यसबाहेक यो रेस्टुरेन्ट विश्वका उत्कृष्ट ५० रेस्टुरेन्टको सूचीमा ५ नम्बरमा आउँछ ।
टिकट महँगो भए पनि घोषणा भएको २४ घण्टाभित्रै यात्राका लागि दर्ता गराउन सर्वसाधारणले चासो देखाइरहेका छन् । यात्राको लागि परीक्षण ड्राइभ अप्रिल २०२४ मा सुरु हुनेछ। सञ्चारमाध्यमका अनुसार यात्राका लागि प्रयोग भइरहेको नेप्च्युन स्पेसशिप रकेट होइन । यसलाई कुनै प्रशिक्षण वा विशेष गियर आवश्यक छैन। यसमा स्पेस बेलुनको सहायताले प्रेसराइज्ड क्याप्सुललाई माथि उठाइन्छ। नासाले यो प्रविधि विकास गरेको हो ।
स्पेस वीआईपी अन्तरिक्षमा भोजन गर्ने मौका दिने पहिलो कम्पनी भने होइन। गत वर्ष फ्रान्सेली कम्पनी गेफाल्टोले घोषणा गरेको थियो कि यसले २०२५ बाट मानिसहरूलाई लगभग १.९ करोड रुपैयाँमा स्ट्र्याटोस्फियरमा बेलुनमा खाना खाने मौका दिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार
मंसिर २, २०८१ आइतबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार