गृहमन्त्री लामिछानेलाई केकी अधिकारीको खुलापत्र
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार ११:१:४८
५ चैत, काठमाडौं । अभिनेत्री केकी अधिकारीले रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’
नारी प्रधान चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।
समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरू छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन् ।
आउँदो १४ वैशाखमा बोक्सीको घरको रिलिज मिति तोकेकी केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र :
प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिरहँदा फेरि मनले एउटा आशा बोकेको छ।
आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
कानुनको दायरामा आउनु पर्नेलाई निसंकोच ल्याइनेछ।
हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने छन् ।
अनि, हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा..
हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महसुस गर्न सक्नेछन् ।
सफल कार्यकालको शुभकामना !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार