प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १२:४५:५६
५ चैत, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि चैत ४ गतेसम्म ३ दिन संचालन गरेको हो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने हुँदा अभिकर्ताको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ सहयोग रहने बताए । उनले अभिकर्तालाई उच्च सम्मान प्रकट गरे ।
एमडीआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैंमा गौरवको कुरा भएको भन्दै अभिकर्ताहरुलाई हार्दिक बधाई दिए । आगामी वर्षहरूमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै, कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरे । अन्तराष्ट्रिय फोरम एमडीआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको बताए । अभिकर्ता पेसा छनोट गरी निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्ने उनले बताए ।
कम्पनीका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने धारणा राखे । यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय रहेको बताउँदै मगरले सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि उर्जा प्राप्त हुने जनाए । यो उर्जाको आगामी वर्षमा परिणाम आउने विश्वास उनले व्यक्त गरे ।
उक्त कार्यक्रममा आउँदै गरेको फागु पुर्णीमा होलीको शुभकामना आदान प्रदान गरि रंगहरुका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो । औपचारिक कार्यक्रमका साथ विभिन्न अतिरिक्त क्रियाकलापहरुले ३ दिने कार्यक्रमको माहोललाई उल्लासमय बनाएको कम्पनीले जनाएको छ ।
मोटिभेसनल स्पिकर रमण भट्टराईको ट्रेनिङ सेसनले कार्यक्रमको रौनक थपिएको थियो । त्यस्तै, कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले सहभागीहरुलाई कार्यक्रम सफल बनाउन साथ, सहयोग दिएकोमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीकाे संयोजनमा संचालित कार्यक्रम योगेन्द्र प्रसाद खतिवडाले संचालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार