पर्यटकीय क्षेत्र मणिका धाममा धार्मिक मेला सुरु
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १४:२६:५२
५ चैत, कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ ।
सो धाम क्षेत्रमा भारतीयसँगै छिमेकी जिल्लाका भक्त वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्नका लागि मन्दिर क्षेत्रमा पुग्नेक्रम बढ्दोरुपमा रहेको छ । आज राति र भोलि दिउँसो मन्दिरमा धार्मिक मेला लाग्ने वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताए ।
उनका अनुसार फागुन शुक्लपक्षको नवमीमा रात्रि र दशमीको दिउँसो मेला लाग्ने गर्दछन् । वर्षौंदेखि यसै तिथिमा मणिका धाम क्षेत्रमा मेला लाग्दै आएको छ । “मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालु भक्तजनलाई मध्यनजगर गरी खानेपानीको सुविधासँगै सडक मर्मतको कार्य गरिएको छ”, अध्यक्ष हमालले भने, “भक्तजनलाई रातिको आरती र भजनकीर्तन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएका छौँ ।”
बजार व्यवस्थापनको कार्यसँगै बसको अत्यधिक चाप हुने भएकाले पार्किङको उचित प्रबन्ध मिलाइएको उनको भनाइ रहेको छ । उनका अनुसार मन्दिर परिसर क्षेत्रमा जनसहभागितामा सरसफाइको काम गरिएको छ । मन्दिरमा मनोबाञ्छित फल प्राप्तिका लागि भाकल गरेकाले रातिको मेलामा सहभागी भई मन्दिरमा दियो जलाउने, पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा भेटीलगायत अन्य वस्तु चढाउने पनि रात्रिको मेलामा अनिवार्य सहभागी हुने गर्दछन् ।
मेलामा अप्रिय घटना हुन नदिनका सुरक्षाका लागि प्रहरीसँग समन्वयको कार्य गरिएको मन्दिरका मुख्य कारिन्दा डम्बरबहादुर ऐरले बताए । “धार्मिक भक्तजनको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्वतयारीमा जुटेका छौँ”, उनले भने, “साधु, ब्राह्मण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य गरिएको छ ।”
प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजनको निकै भीड लाग्ने अनुमान गरी त्यसैअनुरुप तयारीको काम भइरहेको उनको भनाइ छ । मेलामा रु एक लाख बढी भक्तजन पुग्ने अनुमान गरिएको छ । मेलामा दर्शन गर्न र व्यापार व्यवसाय गर्नका लागि ठूलो सङ्ख्यामा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट भारतीय पुग्नेक्रम जारी रहेको छ ।
धाम क्षेत्रलाई स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गर्दछन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबैभन्दा अग्लो स्थानमा सिद्धनाथ–वैजनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाको भनाइ छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । त्यसलाई स्थानीयले मुड्का ताल भन्ने गर्दछन् ।
ताल भने संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । सङ्घीय सरकारले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मन्दिरको चारैतिर घना सालको वन रहेको छ । पूर्व–पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हुँदै बस चढेर आधा घण्टामै मणिका धाम क्षेत्रसम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ, वैजनाथ बाबाको प्राचीन मन्दिर, विवाहमण्डप, धुनी घर, भजनकीर्तन गर्ने स्थलसँगै साधु बस्ने कुटी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार