‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १५:१६:२८
५ चैत, बागलुङ । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृत रूपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ ।
नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो । नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।
उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ । उक्त क्युआर कोड पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने उनको भनाइ छ ।
“थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिका भित्र छन् । जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ गन्तव्यको विषयमा जानकारी दिन डिजिटल माध्यमबाट व्यवस्था मिलाएका छौँ” ,उपप्रमुख खड्काले भने, “घुम्न आएका पर्यटकहरू उक्त गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्दर्भमा तत्कालीन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरी जानकारी लिन सक्नेछन् ।”
यस कार्यले धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुने उहाँको भनाइ छ । ती धार्मिक स्थलमा पुग्नुभन्दा पहिला ती स्थानको नक्सा र अन्य विवरण घरबाटै जानकारी लिन सक्ने खड्काले बताए ।
नगरपालिकाले पर्यटन शीर्षकमा विनियोजन गरेको रू तीन लाख बजेटमध्ये सारङ्ग डट कमको सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो । नगरपालिकाले आगामी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउँदै लैजाने जनाएको छ ।
उक्त कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ । अङ्ग्रेजीमासमेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकलाई समेत सहज हुने नगरप्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नगरपालिकाले कालिका मन्दिरमा क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालेको छ ।
“हरेक कुरा डिजिटल बन्न आवश्यक छ, पर्यटकीय स्थलमा किन आउने भन्ने जानकारी पर्यटकलाई समेत हुन आवश्यक छ । उक्त क्यूआर स्क्यान प्रत्येक होटल तथा पर्यटन व्यवसायीले राख्नुपर्ने व्यवस्था गरेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “पर्यटकले महत्वका आधारमा आफैँ अध्ययन गरेर भ्रमणमा जान सक्नेछन् ।”
नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यमा कालिका मन्दिर, बागलुङ–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट, मालिका, बागलुङ–८ सिँगानाको कोत घर, बागलुङ–११ को रायडाँडाको बौद्ध गुम्बा, पर्यटकीय गाउँ भुकुण्डेको बराह ताल, कुडुँलेको शालग्राम सङ्ग्रहालय, बलेवा भैरवस्थान मन्दिर, मालढुङ्गाको कृष्ण गण्डकी परियोजना, उपल्लाचौरको गौरिधाम शिव मन्दिर र तित्याङको मनकामना मन्दिरको जानकारी डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार