शासकहरू
कविता :
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १६:२७:२३
♦ डोलराज बस्याल
उनीहरू गाउँमा गरिब थुपारे,
शहरमा गरिब थुपारे,
गरिबी नारा थियो , गरिबहरू वस्तु थिए
गरिबी जलाउने नारा दिएर
गरिबहरू जलाए
र समाजवादको चुल्हो बाले ।
अभीष्ट पूरा गर्न गरिबहरू जन्मिरहनु पर्छ
उनीहरूको चुल्हो बलिरहनु पर्छ ।
गाउँमा अभाव जन्माए दु:ख हुर्काए,
शहरमा दु: खी थुपारे,
सारङ्गी सरि भोका पेट थुपारे,
एकै अगेनामा सबै जलाई लोकतन्त्रको रोटी सेकाए ।
गरिब, दु:खी र भोकाहरूलाई मुढा बनाए,
यी नजोती चुल्हो बलेन , ताप्के तातेन
रोटी सेकेर पेट भर्न
फेरि बारुदकै खेती गरि
बारुदकै पिठो बेच्न अभ्यस्त
शासकहरू अनन्त भाँडभैलोको दिशा तताए ।
शासकहरू,
संवृद्धिकाे सपना देखाई गरिब बढाए
सुशासनको मंत्र जपेर लुटतन्त्रको जग बसाले,
समानताको राग अलापी कहिले नजोडिने धाँजा फटाले,
गाउँ-बेँसी र देहातमा
संभावनाका सुसेली सुसेल्नेहरूलाई
मौलान पठाए ।
शहरमा भीड छ , शहर भरी मान्छे छन्
शहर आफैंमा मृत छ
मृत शहरमा ताण्डव नाच्ने शासकहरू
आवाज विहीनहरूको लवजसँगै परेड खेले ।
हो,
उनीहरू शासक हुन ,
मृत शहर जगाउन चाहन्नन
गाउँ गुल्जार हुन दिदैनन्
सन्नाटामा रमाउने शासकहरू
गाउँ-शहर जाग्यो भने,
संवृद्धि आयो भने
अगेनामा दाउरा सकिन्छ
र
उनीहरू सकिन्छन्।
रातको १०:२० बजे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
धुम-४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने
माघ १, २०८१ मंगलबार
माघी मनाउन विशिष्ठ सबै शीतल निवसमाः फोटोफिचर
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
भूमिसम्बन्धी अध्यादेशमा के थियो राष्ट्रपतिले देखेको संवेदनशील विषय ?
माघ १, २०८१ मंगलबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार