दूधको उचित मूल्य नपाउँदा किसान मारमा
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १६:४६:७
५ चैत, दाङ । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् ।
यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए ।
“खर्च धेरै छ, आम्दानी न्यून हुन्छ”, यादवले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ । भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । “दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ”, उनले भने, “निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।” दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउँछन् ।
यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रति लिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दै आएका छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ । यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्छन् । “दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ”, यादवले भने । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । उनले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दैआएको छ । बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । “प्रति लिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन”, खनालले भने । उनीसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु एक सयमा बिक्री गर्ने गरेका छन् ।
सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ । स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरू बताउँछन् । “स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ”, खनालले भने । उनको फार्ममा हाल २८ गाई भैँसी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार