क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १७:३६:५१
५ चैत, काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्ररमा कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ ।
कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकोमा सभाले सर्वसम्मत पारित गरेको हाे ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा निर्विरोध निर्वाचित हुनु भएको छ । साथैे यस अघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो ।
सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षणको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठबाट स्वागत मन्तव्य ब्यक्त गरेको उक्त सभामा उपस्थित शेयरधनीहरु तथा अन्य उपस्थित व्यक्तिहरूको लागि कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै, नव निर्वाचित संचालक सदस्यहरूलाई शुभकामना तथा बधाई दिँदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जनको घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार