सरकारका न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १०:१७:११
६ चैत, काठमाडौं । सरकारका न्यूनतम् साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूका साझा कार्यक्रम दिउँसो २ बजे सार्वजनिक गरिने जनाइएको छ ।
दिउँसो २ बजे कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । यसअघि, हिजो नै साझा न्यूनतम् कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो । गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम् कार्यक्रम बुझाएको थियो ।
सरकारमा सहभागी पाँच दलबाट दुई÷दुई नेता कार्यदलमा थिए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए । नेकपा माओवादीबाट उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए ।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल थिए भने जनता समाजवादी पार्टी (जसपा)बाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए । नेकपा एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार