महरालाई पार्टीबाट निलम्बन गर्ने विषयमा माओवादीले निर्णय लिन सकेन
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १०:४२:२३
६ चैत, काठमाडौं । नेकपा माओवादीले सुन प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीबाट कारवाही गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबार बिहानको बैठकमा निर्णय हुन सकेन । उनलाई थप छलफलपछि मात्र के गर्ने भन्ने निष्कर्षमा बैठक पुगेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पूर्वसभामुख समेत रहेका महरालाई नियन्त्रणमा लिएको छ । उनीमाथि ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । माओवादीको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराका विषयमा छलफल भएपनि निलम्बन गर्ने कि नगर्ने विषयमा भने पार्टीमा एक मत हुन सकेन् ।
बैठकपछि सापकोटाले भने, ‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रो सित छलफल भएको छ । यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ । छिटो भन्दा छिटो निष्कर्षमा पुग्छ ।’ महरालाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा के कुरा भयो भन्ने पत्रकारको प्रश्नमा सापकोटा भने, ‘विविध कोणबाट छलफल भइरहेको छ । निष्कर्ष आएको छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार