प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार ११:१८:१८
६ चैत, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन दवाव दिएका छन् । मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने विषयमा सहमति नभएपछि प्रचण्डले फोन गरेर राजीनामा दिन दवाव दिएका हुन् ।
प्रहरी नियन्त्रणमै नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले बैठकमा सहमति नभएपछि फोन गरेका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बीचमा प्रचण्डले महरालाई फोन गरेका हुन् । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ निलम्बन गर्दा तपाईँलाई नरमाइलो हुने भयो, राजीनामा दिनुभयो भने दुवैतिर सहज हुन्छ भनेका थिए ।
‘प्रधानमन्त्रीज्युले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक नेताले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’ महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको ती पदाधिकारीको भनाइ छ ।
बैठकमा केही नेताहरूले सुन तस्करीमा मुछिएका महरालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए । प्रचण्डले पनि महरालाई बचाउने पक्षमा आफू नभएको र राज्यले गरेको छानबिन प्रक्रियामा सहयोग गर्ने बताएका थिए । यद्यपि निलम्बन गर्ने विषयमा महराको प्रतिक्रिया आएपछि मात्रै थप छलफल गरेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार