कांग्रेस कुरा बुझ्दैन भन्दै गृहमन्त्रीको बचाउमा उत्रिए ओली
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार ११:४९:१३
६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निष्कलंक गृहमन्त्री भएको बताएका छन् । उनले रवि लामिछाने कुनै पनि विषयमा दोषी नभएको बताएका छन् । नेपाली कांग्रेसले अनावश्यक उनलाई बदनाम गराउने र फसाउने खेल रचेको ओलीको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको आरोप कांग्रेसमाथि लगाए । मंगलबार धनगढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले लामिछाने सहकारीमा नभएको र सहकारीको पैसा नचलाएको बताए ।
रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए । बरु तत्कालीन समयमा कांग्रेसबाट भएका मन्त्रीले झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएर छानविन र अनुसन्धान प्रभावित गर्न खोजेको ओलीको दाबी छ ।
प्रदेश सरकारको भागबण्डा र पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले अनुमानका भरमा प्रतिक्रिया दिन नहुने बताए । प्रधानमन्त्रीमा आलोपालोमा भने ठट्टा गरे । ‘अहिले उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री बने हुन्छ भनियो’ ओलीले भने, ‘मलाई पनि त्यति मन लाग्या छैन, अरु कोही अगाडि सरेको पनि छैन । अब के गर्ने ? उहाँले खानुहोला जस्तो देखिन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार