एउटै मुद्दामा दिपेश पुनलाई पक्राउ गर्ने, गृहमन्त्री लामिछानेलाई किन नगर्नेः कांग्रेस
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १३:१:५
६ चैत, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीको एउटै विषयमा दीपेश पुनलाई पक्राउ गर्न मिल्ने तर, गृहमन्त्री रवि लामिछानेलाई किन नमिल्ने भन्दै प्रश्न गरेको छ । दीपेश पुनलाई पक्राउ गर्दा सोही विषयमा दोषी भनिएका गृहमन्त्री रवि लामिछानेका विषयमा किन नमिल्ने भन्ने कांग्रेसको प्रश्न छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसद दीपक गिरीले सहकारी ठगीको सन्दर्भमा आरोपित दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नभएको भनी प्रश्न गरेका हुन् । उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दीपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए ।
उजुरी परेका मध्ये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन् । उनले भनेका छन्, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दीपेश पुन विरुद्ध उजुरी दिएका थिए । दीपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’
लामिछाने जसरी पनि गृहमन्त्रालय चाहिन्छ भनेर सरकारमा गएको उल्लेख गर्दै उनले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई किन नियुक्त गरेको हो भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनले बताए । गृहमन्त्रीको नियुक्तिका सम्बन्धमा यसअघि पनि कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार