पशु बीमा गर्न कठिन भएकाे किसानकाे गुनासाे
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १३:१२:३२
६ चैत, गल्याङ 'स्याङ्जा' । स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका किसानले पशु बीमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बीमा गर्न निकै कठिन भएको गुनासो गरे ।
उनले राजेन्द्र भवानी नस्लसुधार बाख्रा फार्ममार्फत तीन वर्षदेखि उन्नत जात र स्थानीय जातका बाख्रा पाल्दै आए । व्यवसायबाट राम्रो आम्दानी हुने गरे पनि बाख्राको बीमा गर्न समस्या हुने गरेकाले काम गर्न जाँगर हराउँदै गएको उनले सुनाए ।
“वैदेशिक रोजगारबाट मात्र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने आम धारणालाई चिर्न गाउँमै बाख्रापालन सुरु गरेका थियौँ”, उनले भने, “उत्पादन गर्न सके बजार पनि राम्रो छ तर ठूलो मूल्यका बाख्रामा तलमाथि भएमा बीमा गर्न नसकिँदा जोखिम हुने डर छ ।”
उनले बिमा कम्पनीसँग पटकपटक आग्रह गर्दा पनि बीमा गर्न कठिन हुने गरेको गुनासो गरे । “सितिमिति बाख्राको बीमा गरिदिन्नन्, च्यानल मिलाउने, भनसुन गरेर बडो कठिनसँग बीमा गरे पनि बीमाबापतको पाउने रकम अत्यन्त कम छ”, पङ्गेनीले भने ।
उनले बीउका लागि उत्पादन गर्ने उद्देश्यले व्यवसाय सुरु गरे पनि महङ्गीका कारण मासु उत्पादनतर्फ लागेको बताए । पङ्गेनीको फार्ममा मासिक ४५ देखि ७० सम्म बोयर क्रस र खरी जातका बाख्रा हुने गर्छन् । उनको रु तीन लाखबाट सुरु गरेको व्यवसाय हाल रु १५ लाख पुगेको छ । आधुनिक खोर, ट्रस, डुँड, चरन क्षेत्रलगायत संरचना निर्माण गरेर उनले व्यवसाय गरे ।
पङ्गेनीले भने, “तराईका बाख्रा स्थानीय बजारमा आउँदा यहाँका बाख्रा केही सस्तोमा बिक्री गर्नुपर्छ, बर्खा र जाडोमा सामान्य रुघाखोकीबाहेक अन्य स्वास्थ्य समस्या छैन, हिउँदमा हरियो घाँसको थोरै समस्या भने हुन्छ ।”
परम्परागत रूपमा गर्दै आएको बाख्रापालनलाई स्वरोजगार बन्न गाउँमै व्यावसायिक बाख्रा पालेको उनले बताए। पङ्गेनीले खोरसुधार कार्यक्रम अन्तर्गत जिल्ला भेटेरिनरीबाट रु एक लाख ५० हजार र बीउ पूँजी कार्यक्रम अन्तर्गत दियालोमार्फत रु २५ हजार अनुदानसमेत पाउने भएका छन् । उनले बाख्रा पालनबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएका छन् । पङ्गेनीको बाख्रापालन व्यवसायलाई बुबा झोमलाल, आमा खिनाकुमारी, श्रीमती पूजादेवी, भाइ डाँसिराम र बुहारी भारतीले सहयोग गर्दै आएका छन् ।
नगरपालिकाका पशु शाखा प्रमुख डा माधव डुम्रेले पशुको बीमा गर्न बीमा कम्पनीले कठिन मान्ने गरेको स्वीकार गरे । “बाख्रा मर्ने सम्भावना अलि धेरै हुने गरेकाले बीमा कम्पनीले सहज रूपमा बीमा नगरिदिने कुरा सत्य हो”, उनले भने, “यो समस्या समाधानका लागि बीमा कम्पनीलाई छलफलमा बोलाएर समस्या सुल्झाउन आग्रह गरेका छौँ ।”
उनका अनुसार बीमा शुल्कबापतको रकम ८० प्रतिशत सरकारले र २० प्रतिशत कृषकले आफैँले बेहोर्ने गरेका बताए । कुनै कारणले बाख्रा मरेमा वा बिरामी भएमा नगरपालिकाले प्रकृति हेरेर सहयोग गर्ने गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियामा हुने
मंसिर २७, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार