सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १४:४३:१९
६ चैत, सर्लाही । सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरालाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा गएका संयुक्त टोलीले सोमबार राति पौने नौ बजेको समयमा अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्ला सैयारा गाउँका लक्ष्मण सिंहको २८ वर्षीय छोरा सन्नीकुमार सिंह र विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला गंगापिपराका अशोक राउतको २४ वर्षीय छोरा जितेन्द्रकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन् ।
मगरटोलमा डेरा गरेर बस्ने भारतीय नागरिक जितेन्द्रको साथबाट मेड इन युएसए लेखिएको ९ एमएमको अटोमेटिक पेस्तोल एकथान, सोको म्याग्जिन एकथान, ६ राउण्ड गोली, फायर भएको खोका एकथान र भारतीय नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डीएसपी प्रवक्ता थारूले बताएका छन् ।
दुवै जनालाई राति नै जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरियाबाट अन्दाजी ७ सय मिटर अगाडी बाटोमा गाडीबाट हामफालेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन चाइनिज पेस्तोल टाइप ५४ बाट ५ राउण्ड फायर गर्दा जितेन्द्रको बाँया घुँडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
घाइते राउतको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारको लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार