पोखरामा चलचित्र 'पुजार सार्की'को विषयमा संवाद
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १६:२१:४९
६ चैत, काठमाडौं । पोखरामा नेपाली चलचित्र 'पुजार सार्की'मा उठान गरिएका विषयवस्तु माथि संवाद गरिएको छ । मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सोमबार भएको सो संवाद कार्यक्रममा सो चलचित्रका तर्फबाट कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसाल लगायतको उपस्थिति थियो ।
अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य समेत रहिसकेका दिल बहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिके लगायत उपस्थित थिए । संवादमा 'पुजार सार्की'ले उठान गरेको अन्तरजातीय विवाह सम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो ।
संवादमा सहभागी अभिनेता आर्यन सिग्देलले जातिय विभेद गर्नु अन्ध विश्वास मात्र भएको बताए । अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथाहरू सुनेको भएता पनि पहिलो पटक भोगेको बताए । उनले आफूले अभिनय गरिरहँदा 'मैत बहादुर' पात्रभित्र नै प्रवेश गरेको हुँदा आफ्नै कथा जसरी नै अभिनय गरेको बताए । खड्काले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको बताउँदै यो विभेद हटाउन सबै चेतनसिल नागरिकबिच एकता हुन आवश्यक रहेको बताए ।
लेखक बिकास सुवेदीले आफ्नो आँखाले देखेको कथालाई चलचित्रको कथामा रुपमा रूपान्तर गरेको बताए । सो कार्यक्रममा चलचित्र यूनिटलाई सम्मान पनि प्रदान गरिएको थियो ।
'पुजार सार्की' छायाङ्कनको अन्तिम चरणमा रहेको छ । यसको छायाङ्कन कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोट र आसपासमा छायाङ्कन चलिरहेको छ । यस चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार