पाँच वर्षदेखि किन अलपत्र छ विष्णुमती कोरिडोर ?
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार २१:५१:१४
काठमाडौं । भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब ६ किमी सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ ।
डल्लु पुलबाट टेकुपुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् । अरु साना सडक पनि बेलाबखत अबरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठले जानकारी दिएका छन् ।
सडकको चौडाइ ८.५, सडकको पूर्वतिर पैदलमार्ग १.५ मिटर र नदीतिर बगैँचा बनाउनुपर्ने थियो । शहरको भित्री भागमा पानी ल्याउन प्रयोग गरिने यो सडक बन्द हुँदा स्थानीयवासीले पिउने पानी नपाएर समस्या हुने गरेको महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरले बताए । यो सडकले नदी पूर्वतिर महानगरपालिकाको १८, १९ र २० वडालाई छुन्छ । पूर्वतिरको भागको बाटो हाल अवरुद्ध रहेकाले धेरै समस्या भएको जनप्रतिनिधिको गुनासो छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माणको ठेक्का लगाएको हो ।
महानगरपालिका–१८ स्थित विष्णुमती नदी किनारको सार्वजनिक जग्गा मिचेर टहरा बनाइ बसेकालाई अझै समितिले हटाउनसकेको छैन भने कङ्केश्वरी पुलमुनिको सडकमा हालिएको ढलका कारण ठूला सवारी साधन छिर्न नसक्ने भएको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताए । समितिले सडक छिटो निर्माण गर्न पहल नगरेको स्थानीयवासीको गनासो थियो । करोडौँको ठेक्का लिने निर्माण व्यवसायीले हप्तामा एक दुई कामदार ल्याएर काम गरेजस्तो गरी झुलाइ राख्ने गरेको जनप्रतिनिधिको भनाइ थियो । विसं २०७१ मा समितिले लुम्बिनी, गौरी पार्वती, कन्टेक जेभीलाई रु ६७ करोडमा ठेक्का दिएको थियो । उक्त आयोजनाको हालसम्म दुई पटक म्याद थपिएको छ । आउँदो असारसम्म ९० प्रतिशत काम सकिने आयोजनाका इञ्जिनीयर इन्द्र श्रेष्ठले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार