लामो समयपछिको वर्षाले अलैँची तथा चिया किसान खुसी
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १२:४९:३५
७ चैत, इलाम । लामो समयपछि वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन् ।
किसान मात्रिका खतिवडाले पानी परेपछि मकै छर्नका लागि सहज भएको बताए । “चिया पलाउने समयमा पानी परेकाले राम्रो भएको छ भने अन्य बालीको उब्जनी पनि अब बढ्नेछ”, उनले भने, “लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न समस्या भएको थियो ।”
इलाम सदरमुकामसहित जिल्लाका विभिन्न भागमा रातिदेखि नै पानी परिरहेको उनको भनाइ छ । “पानी नपर्दा अलैँची सुक्न थालेको थियो । मकै छर्न सिँचाइ गर्नुपर्ने अवस्था थियो । तर पानी परेपछि सबै किसानलाई सहज भएको छ”, उनले भने ।
बालीलाई फाइदाः विज्ञ
बालीविद् डा. डिल्लीराम शर्माका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आलुखेतीलाई फाइदा पुगेको छ भने पहाडी तथा तराई क्षेत्रमा गहुँ मकै, तोरी तरकारी बालीका लागि राम्रो भएको छ ।
“लामो समयसम्म पानी नपर्दा सुक्खा बढेको थियो । जसले गर्दा आलु, गहुँ, तोरी लगातका बाली उत्पादनमा ह्रास आउनसक्ने खतरा थियो । तर हालको वर्षाले खेतीपातीका लागि राम्रो भएको छ”, उनले भने, “कुनै स्थानमा मकै छरिएको छ त कतै छर्ने तयारी भइरहेकाले पानीले राम्रो गरेको छ ।
आजदेखि परेको पानी उपत्यकामा आजसम्म र कोशी तथा मधेस प्रदेशमा शुक्रबारसम्म पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसम विद् गोविन्द झाको भनाइ छ ।
“नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ”, उनले भन, “हाल देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
बैशाख २०, २०८१ बिहिबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार