सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीको पैदलयात्रा
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १३:२६:५१
७ चैत, झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१/१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसीलगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमावासी सहभागी छन् ।
झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म एक सय ४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमामा बासिन्दा वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुका गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए । उनले सीमामा तैनाथ सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिए ।
सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो । अभियानका क्रममा सीमावासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं. गणका गणपति राईले जानकारी दिए ।
उक्त सहयोग सशस्त्र प्रहरी बलको कल्याणकारी कोषबाट उपलब्ध गराइने बताइएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, अल्पसङ्ख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोगमा प्राथमिकता दिइने उनले बताए ।
सोअन्तर्गत सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ विद्यार्थीलाई वार्षिक रु १२ हजारका दरले शैक्षिक छात्रवृत्ति र दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ । सीमा लक्षित बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक चार प्रतिशत ब्याजदरमा रु पाँच लाखदेखि रु १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको जनाइएको छ ।
झापाका सीमा जोडिएका २१ वडामा सीमा सहजिकरण समिति गठन गरिएको छ । भौगोलिक सीमारेखाको सुरक्षाका साथै अन्तरदेशीय अपराध र अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बलले वास्तविक सीमा रक्षकको भूमिकामा रहेका सीमाका बासिन्दासँग हार्दिक सहकार्य गर्ने नीति लिएको गणपति राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार