दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा कोच्न राप्रपा अध्यक्ष लिङ्देनको चुनौती
आबिद हुसेन
चैत ७, २०८० बुधबार १४:५८:२९
७ चैत, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन्। बुधबार बिहान वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए ।
उनले भने, जब राजाको लोकप्रियता बढ्छ तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन्। उनले थपे, बारम्बार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन।
यदि दरबार हत्याकाण्डमा पूर्वराजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरु पटक पटक प्रधानमन्त्री भए। आफू पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरूले दरबार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई जेलमा हालेनन् ?, लिङ्देनको प्रश्न थियो ।
अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बीचमा आएको बताए । राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए । यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए ।
अध्यक्ष लिङ्देनले भने,ञविदेशीको साथ र सहयोगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुँदैन । जनताको लागिपनि हितकर हुदैन ।यो कूरा गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ। त्यसैकारण नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै चाहना र बलमा हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले दोहोर्याए।
गणतन्त्र र संघीयताले नेपालीको पहिचान,धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र संघीयता खारेजीको माग गरेको उनले बताए । पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र,सांसद ज्ञानेन्द्र शाही, विणा जयसवाल लगायतकोपनि उपस्थिति थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार