मोहनविक्रम सिंहप्रति ओलीको टिप्पणी, ‘कांग्रेस सत्ताबाहिर भएपछि ग्वाँ ग्वाँ रोएर उधुम छ बुढाको’
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १६:३१:१०
७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका हातबाट सत्ता गएपछि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह डाँको छाडेर रुने गरेको कडा टिप्पणी गरेका छन् । बुधबार राजधानीमा भएको कार्यकर्ता भेलामा ओलीले श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभामा लान नपाइने भयो भन्दै रुने गरेको बताए ।
उनले भने ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईंहरूले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको ।’ कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभाबाट मनोनीत गरेर पठाउँथ्यो होला । सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन्, ओलीले भने ।
नेपाली कांग्रेस र माओवादीसहितको सत्ता गठबन्धन रहेका बेला सिंहकी पत्नीसमेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रिय सभामा मनोनीत गर्ने सहमति भएको थियो । यसै विषयलाई लिएर ओलीले सिंहबारे टिप्पणी गर्दै भने, ‘जीवनभर कम्युनिस्ट भनेको के का लागि रहेछ भनेर बुढेसकालमा पर्दाफास भयो ।’
कार्यक्रममा उनले नेता कार्यकर्तालाई अहंकार हटाउन र विनम्र बन्न पनि निर्देशन दिए । ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस्’, अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ?, हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’
अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए । ‘अहिले मेरो, मेरो पछि तपाईँको पालो, धारामा पानी थाप्ने र दसैँमा चिनी किन्न लाइनमा बसेको हो र आलोपालो ?’, ओलीले प्रश्न गर्दै भने, ‘नेतृत्व गर्ने कुरा योग्यता क्षमता, सक्रियता र बुझाइमा भर पर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार