राष्ट्रिय सभा ७ र प्रतिनिधि सभा १० दिनका लागि बन्द
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार २१:२३:३५
७ चैत, काठमाडौं । राष्ट्रिय सभा सात दिन र प्रतिनिधि सभा १० दिनका लागि बन्द गरिएको छ । प्रतिनिधिसभा १० दिन बन्द हुँदा राष्ट्रिय सभा पनि एक साताका लागि बन्द भएको छ । बुधबार आगामी बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकाएको राष्ट्रिय सभा १५ चैत दिउँसो १ बजेसम्म स्थगित गरिएको हो ।
सभामुख र संसद्का पदाधिकारीको जेनेभा भ्रमणका लागि संघीय संसद्को तल्लो सदन १० दिनका लागि बन्द गरिएको हो । अन्तरव्यवस्थापिका संसद् आइपियूको सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरेको नेतृत्वका ठूला चार दलका प्रमुख सचेतकसहित १० सदस्यीय टोली ८ चैतमा स्विट्जरल्यान्डस्थित जेनेभा जाने कार्यक्रम छ ।
संसद्का पदाधिकारीको भ्रमणलाई मध्यनजर गरेर आगामी आव ०८०÷८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल बुधबार हतारोमा सकेर प्रतिनिधिसभा बैठक १८ चैत बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सिद्धान्त र प्राथमिकतामा पर्याप्त छलफल गर्न सरकारले अध्यादेशमार्फत फागुनमै संसदमा पेस गर्ने व्यवस्था गरे पनि संसद्का पदाधिकारीले भने कर्मकाण्डी रूपमै छलफल सकेर जेनेभा भ्रमणतिर लागेका हुन् । संसद् सचिवालयका अनुसार १४ फागुनमा प्रतिनिधिसभामा प्रस्तुत आगामी बजेटको बजेटका सिद्धान्त र प्राथमिकतामाथि १ चैतबाट छलफल प्रारम्भ भएर ५ र ७ गते गरी तीन दिनसम्म चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार