विश्वकपमा छनोटमा आज बहराइनसँग खेल्दै नेपाल
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १०:३४:४३
८ चैत, काठमाडौं । विश्वकप छनोटमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्न लागेको हो ।
समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ । आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ ।
होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।
नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ । समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४–० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २–० ले पराजित भएको थियो ।
बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २–० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २–० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार