सर्लाहीमा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, १० घाइते
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार ११:३९:७
८ चैत, सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराति ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् ।
नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्बरको ट्रक र ना ४ ख ३२४ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
गोलेको उपचारका क्रममा गएराति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए ।
दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार