आजदेखि इण्डो नेपाल टी–२० प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार ११:५८:१०
८ चैत, चितवन । इण्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् भने भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ ।
भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता राउण्ड रोबिन आधारमा खेलाइने क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस प्रतियोगिताले भ्रमण वर्ष २०२४ को प्रवर्द्धन एवं क्रिकेट जगत्मा नेपाल र भारतको सम्बन्धलाई उचाइमा पुर्याउने जनाइएको छ । प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने
कात्तिक २०, २०८१ मंगलबार
नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी
कात्तिक १९, २०८१ सोमबार
पाकिस्तानलाई पराजित गर्दै श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार