विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १२:३६:६
८ चैत, काठमाडौं । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ ।
बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताए । उनले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी गर्नुभयो । प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गरे ।
नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो । नेपाली टोली मलेसियाबाट सिधै बहराइन गएका हुन् ।
नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ । नेपालले संयुक्त अरब इमिरेट् विरुद्धको अवे खेलमा ४–० गोलअन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको यमनविरुद्धको खेलमा २–० ले पराजित भएको थियो । नेपाल अङ्कविहीन छ ।
समूह एचमा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपाली फुटबल टोलीमा गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन् । त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित) र सुमित श्रेष्ठ छन् ।
मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दीनेश हेन्जन, समीर तामाङ, सञ्जिव विष्टहिसुब थपलिया र जिलेस्पी जङ्ग कार्की छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार