बीआरआईमा थप अन्योल, मन्त्रिपरिषदले निर्णय गर्न सकेन
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १३:८:२२
८ चैत, काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि प्रचण्ड नेतृत्वको सरकार चीनतर्फ झुकेको चर्चा चलिरहेका बेला चीनसँग जोडिएको बहुचर्चित बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौताबारे थप अन्योलता बढेको छ । चैत ११ गते चीनको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सम्झौता कार्यान्वयनबारे चीन सरकारसँग सम्झौता गर्ने भनिएको थियो ।
बीआरआई परियोजनाबारे नेपालमा राजनीतिक दलबीच विवाद छ । परियोजना कार्यान्वयन सम्झौता गर्न नेपाल सरकारले आधिकारिक निर्णय गर्नुपर्छ । तर, चीन भ्रमणको पूर्वसन्ध्यामा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गर्न सकेन । बीआरआई परियोजनाबारे मन्त्रिपरिषदमा लामो छलफल भएपनि कार्यान्वयनका लागि सम्झौता गर्ने भनेर निर्णय गर्न मन्त्रिपरिषदले सकेन् ।
मन्त्रिपरिषदले निर्णय गर्न नसकेपछि परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा बीआरआईबारे चीन सरकारसँग छलफल नै नहुने स्थिति देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले चैत ११ गतेदेखि चीनको भ्रमण गर्दैछन् । बीआरआई लामो समयदेखि अड्किएर बसेको छ । परियोजनामा चर्को ऋणको विषय आएपछि सरकारले कार्यान्वयन सम्झौता गर्ने निर्णय गर्न नसकेको हो ।
चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुने कुरामा विवाद छ । नेपालले बीआरआई अन्तर्गत नौ वटा परियोजना राख्ने गरी चीन समक्ष प्रस्ताव गरेको पनि वर्षै भइसकेको छ । तत्कालीन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बीआरआई बारे सम्झौता गर्न खोजेका थिए । तर, सहमति जुटेको थिएन ।
बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेपछि यो परियोजना के हुने भन्ने थप आशंका बढेको छ । माओवादीका नेताको भनाइमा परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लागेको होइन । पछि कुनै अनुकूल समयमा बीआरआई सम्झौता हुन सक्छ, त्यो अहिले हुँदैन ।
बीआरआई भूराजनीतिसँग जोडिएको परियोजना भएकाले पनि सरकारले सम्झौता गर्ने आँट नगरेको हो । परराष्ट्रमन्त्री श्रेष्ठको चैत ११ गतेदेखि हुने एक साता लामो चीन भ्रमणमा दुई पक्षीय वार्ताको क्रममा नेपाल–चीनबीच बीआरआई सम्झौता गर्ने भनिएको थियो । एमाले चीनसँग बीआरआई सम्झौता गर्न चाहन्छ भने कांग्रेसले चर्को ऋणमा परियोजनाको सम्झौता गर्न नसकिने बताउँदै आएको छ । नेकपा माओवादी भने जता पनि उस्तै देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार