विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १४:२९:१९
८ चैत, काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।
कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने रु कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ रु लगायतका बारेमा आगन्तुकहरुलाई सचेतना दिएका थिए ।
दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई जानकारी दिइएको थियो ।
‘विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हामीले यहाँ आएका भिजिटरहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा सचेतना दिएका हौं ।’ नेपाल मेडिकल कलेज डेण्टल हस्पिटलका निर्देशक डा। प्रकाश भट्टराईले बताए । कलेजमा आएका आगन्तुक तथा बिरामीहरुले मुख स्वास्थ्य, दन्त स्वास्थ्यका बारेमा विविध जानकारीहरु पाएको बताए ।
कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । कलेजले दन्त रोग सम्बन्धी छुट्टै अत्याधुनिक भवन समेत निर्माण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार