कोदालोले हिर्काउदा श्रीमतीसहित डेरामा बसेका दुई कर्मचारी घाइते
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १४:४९:१०
८ चैत, बैतडी । बैतडीमा कोदालो प्रहारबाट आज तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।
बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । त्यस लगत्तै उनकै घरमा डेरा गरी बस्दैआएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए ।
घाइते तीनै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
बैशाख २३, २०८१ आइतबार
काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री खामिखावा, आजै परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्ने
बैशाख २३, २०८१ आइतबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहरका रुपमा सूचीकृत
बैशाख २३, २०८१ आइतबार
हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
बैशाख २३, २०८१ आइतबार
नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने
बैशाख २३, २०८१ आइतबार