दिप्रुङ चुइचुम्माका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १६:२८:१०
८ चैत, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ ।
गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई गाउँपालिकाले थप उपचारका लागि प्रसूतिगृह पठाएको हो । शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो । एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाका उपप्रमुख अरुणा थापामगरले जानकारी दिए । पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुःल्क उपचारको व्यवस्था गरेको छ ।
गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठजनामा उच्चरक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ । उनले भने, “सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार