चितवन राष्ट्रिय निकुञ्जमा पाँच गैँडाकाे स्थानान्तरण
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १६:५४:५३
८ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।
यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो । दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बुधबार १० वर्षको पोथी गैँडा ल्याइएको हो । आज आठ वर्षको पोथी गैँडालाई ल्याइएको छ । यी सबै गैँडा एकै क्षेत्रमा छोडिएको उनले बताए ।
निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको जनशक्ति गैँडा स्थानान्तरणमा खटाइएको छ । निकुञ्जले छ गैँडालाई आन्तरिक स्थानान्तरणको तयारी गरेको छ ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने गर्छन् । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण गरिएको हो । त्यसमध्ये एउटा भाले गैँडालाई कोशीटप्पुमा स्थानान्तरण गरिने भएको छ । गत असोज १० गते त्यहाँ दुई पोथी गैँडा लगिएको थियो । प्रजनन प्रक्रिया सहज बनाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार