किसान महासंघ सुनसरीले मनायो गिरिजाप्रसाद कोइराला स्मृति दिवस
यज्ञप्रसाद भट्टराई
चैत ८, २०८० बिहिबार १६:५७:५९
८ चैत, विराटनगर । नेपाल किसान महासंघ कोशी प्रदेश समितिको अगुवाइमा तथा नेपाल किसान महासंघ सुनसरी जिल्ला समितिको संयोजनमा जननायक गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवस चैत्र ७ गते सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन सुनसरी र नेपाल किसान महासंघको संयुक्त आयोजनामा भएको शिखर पुरुष गिरिजाप्रसाद कोइराला को १४ स्मृति दिवस कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सद्स्य राजिब कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसन को सुनसरी जिल्ला संयोजक तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशबप्रसाद भट्टराईको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा नेपाल किसान महासंघ सुनसरी जिल्लाका अध्यक्ष रामबृक्ष मेहेताको अध्यक्षतामा गिरिजाप्रसाद कोइराला स्मृति भबनमा सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक केशव भट्टराईले गराएका छन् ।
कार्यक्रमलाई प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रीय सदस्य राजीव कोइरालाले सम्बोधन गर्दै गिरिजाप्रसाद कोइरालाले नेपाली लोकतान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनीय योगदानका विषयमा चर्चा गरेका थिए । राणा शासन फाल्ने देखि राजतन्त्रको अन्त्यसम्मको आन्दोलनको नेतृत्व गरेका लोकतन्त्रका महानायक गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको संगठन निर्माणमा समेत अतुलनीय योगदान रहेको चर्चा गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पुर्बमन्त्री सीता राम मेहेताले सुनसरी र गिरिजाबाबु एक अर्काका पुरकका रुपमा रहेको स्मरण गर्दै गिरिजाबाबुको पथप्रदर्शनमा नै नेपाली कांग्रेसको भबिष्य उज्वल हुने बताएका थिए । नेपाली कांग्रेस सुनसरी जिल्लाका जिल्ला सभापति केदार भण्डारीले गिरिजाप्रसाद कोइरालाको नामसँग जोडिएका हरेक कार्यक्रम गर्न सुनसरी कांग्रेस जहिल्यै पनि तैयार रहेको छ भन्दै नेपाल किसान महासंघ कोशी प्रदेश तथा गिरिजाप्रसाद कोईराला फाउण्डेशन सुनसरी जिल्ला समितिलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा अतिथीहरुले नेपाली कांग्रेसका सुनसरी जिल्ला उपसभापति नगेश चन्द्र राई नेपाल किसान महासंघ कोशी प्रदेश सभापति श्री राजेन्द्र भट्टराईले गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको आन्दोलनमा पुर्याएको योगदानका बिषयमा चर्चा गरेका थिए । जिल्ला सचिब बिरेन्द्र शाह, पुर्ब सांसद ज्योती सुब्बा, महिला सभापति बिजय कटुवा, नेपाल बिद्यार्थी संघका सभापति प्रमोद भट्टराई, पुर्ब उप मेयर जमुना पोख्रेल, युबा नेता दिलु राई लगायत नेता हरुले कार्यक्रम लाई सम्बोधन गरेको फाउण्डेसनका सुनसरी जिल्ला संयोजक तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सद्स्य कमला खतिवडा र बिना बिस्टको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सुनसरी जिल्ला सचिब डम्बर बस्नेतले सन्चालन गरेका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार