प्रधानमन्त्री निवासमा विप्लवले बोलाए मोर्चाको बैठक
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १०:१९:४०
९ चैत, काठमाडौं । सत्ता समीकरण फेरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बसेको छ । मोर्चाका संयोजक नेत्र बिक्रम चन्दले बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि शुक्रबार बिहान मोर्चाको बैठक बोलाएका थिए ।
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सरकारी कामकाज र प्रधानमन्त्री बस्ने बालुवाटारमा मोर्चाको बैठक बोलाएपछि त्यसको आलोचना सुरु भएको छ । मोर्चामा सत्तामा रहेका र नरहेका दलहरू आबद्ध छन् । मोर्चाले सरकार र जनताका सेवाका बारेमा कुनै छलफल र निर्णय गर्दैन । तरपनि त्यसको बैठक भने प्रधानमन्त्रीको सरकारी निवासमा भइरहेको छ ।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार