नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूलाई लाइफ सपोर्टको तालिम
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार ११:११:३८
९ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरू सहभागी थिए ।
कलेजमा कार्यरत स्टाफ नर्सहरूको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरूलाई उपचारका क्रममा बिरामीको शारीरिक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाइफ सपोर्टका स्वास्थ्य सामग्रीहरू बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरूका बारेमा जानकारी दिइएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।
तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरूलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरूको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरूलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरूको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।
कलेजले आफ्ना स्वास्थ्यकर्मीहरूलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समय समयमा यस्ता तालिमहरू नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जमा सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा गएसँगै स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरूको क्षमता अभिबृद्धिका तालिमहरू पनि सञ्चालन गर्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार