जिल्लाविरुद्ध गयो उच्च अदालत, सहकारी ठगीमा पक्राउ परेका पराजुलीलाई २० लाख धरौटीमा छाड्न आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १२:१७:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/parajuli-thunama_gDa0BUgOJj_ipzlzVjPFu.jpg)
९ चैत, पोखरा । उच्च अदालत पोखराले कास्की जिल्ला अदालतको फैसलाविरुद्ध आदेश गरेको छ । उच्च अदालतकाे आदेश अनुसार पोखराको मित्र मिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली २० लाख धरौटीमा छुट्ने भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका पराजुलीलाई धरौटीमा छाड्न आदेश भएको हो ।
कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत पराजुलीलाई गत पुस ११ गते पक्राउ गरिएको थियो । गत पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका थिए । सहकारीको शाखा विस्तारका क्रममा कात्तिक ४ गते पक्राउ परेका सहकारीका अध्यक्ष रमन पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई १ करोड २५ लाख रुपैयाँ घुस दिएको विषयमा उनलाई पक्राउ गरिएको थियो ।
पराजुली पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
पोखरा–९ नयाँबजार स्थित मित्र मिलन सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना गरेको आरोप छ । गत पुस १७ गते पूर्व रजिस्ट्रार पराजुलीसहित सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मित्र मिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । तर, लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको रकम ठगी गर्ने कान्तिपुर बहुउद्देश्यीय सहकारीका सचिव तातेड पक्राउ
साउन ४, २०८१ शुक्रबार
पूर्वसचिवसँग सहकारी संसदीय छानबिन विशेष समितिको छलफल
साउन १, २०८१ मंगलबार
‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’
असार २६, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार
पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
साउन १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन १२, २०८१ शनिबार
आज यी चार प्रदेशमा भारी वर्षा हुने
साउन १२, २०८१ शनिबार
कुन ग्रहले गरीब बनाउँछ, यसबाट बच्न के उपाय अपनाउनु पर्छ?
साउन ११, २०८१ शुक्रबार
आजदेखि भेडेटारमा स्काइ टावर सञ्चालनमा
साउन ११, २०८१ शुक्रबार