पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १२:२२:१३
९ चैत, कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालको आफ्नै जनशक्तिबाट पहिलो पटक तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।
गुरुङलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि आत्मनिर्भर बनेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । यसअघि विसं २०७९ असारमा पहिलोपटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले प्रत्यारोपण गरेको थियो ।
पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अस्पतालको चिकित्सकको टोलीले सो कार्य गर्न सफल भएका भट्टराईले बताए । बिहीबार अस्पतालका युरो सर्जनद्वय डा प्रकाश क्षेत्री र डा. अनुप चापागाईं, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा. अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठ, एनेस्थेसिया विभागका चिकित्सक र नर्सिङका स्वास्थ्यकर्मीसहितको टोलीले बिहानदेखि साँझसम्म लगाएर सफलतापूर्वक प्रत्यारोपण गरेका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता केही दिन अस्पतालमा नै बस्नुपर्ने भन्दै केही समय दुवैको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताए । यसअघि अस्पतालमा आठ वटा प्रत्यारोपण भइसकेका बताउँदै बिहीबार नवौँ प्रत्यारोपण आफ्नै जनशक्तिबाट गरिएको उनले जानकारी दिए।
लामो समयको तालिम र अनुभवपछि यहाँकै जनशक्ति प्रत्यारोपण गर्न सफल भएपछि निर्देशक डा खत्रीले खुसी व्यक्त गरे । उनले भने, “हामी सुरुआतदेखि नै यहीँको जनशक्तिलाई सक्षम बनाउने गरी लागेको थियौँ । विगतमा काठमाडौँ र पोखराका चिकित्सकबाट संयुक्तरुपमा प्रत्यारोपणमा सहयोग हुँदै आएको थियो । करिब २० महिनापछि हामी आफैँ प्रत्यारोपण गर्न सफल भएका छौँ ।” अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो पर्खनुपर्ने अवस्था कम हुँदै जाने उनको भनाइ छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सकको प्रत्यक्ष निगरानी, अनुभव तथा तालिम दिएको अस्पताका सूचना अधिकारी भट्टराईले बताए । उहाँका अनुसार यहाँ मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले रू चार लाखसम्म सहुलियत पाउने गरेका छन् ।
‘विपन्न नागरिकको औषधि उपचार कार्यक्रम’अन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले उक्त सहयोग प्राप्त गर्ने अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डायलासिसका बिरामीको चाप ठूलो हुँदै आएको छ । यहाँ १८ वटा मेसिनबाट दैनिक तीन सिफ्टमा डायलासिस सेवा प्रदान गरिँदै आइएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार