म्याद थप नगरी महरालाई हाजिर हुने गरी घर पठाइँदै
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १२:५८:४
९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि म्याद नथपी घर पठाइने भएको छ । उनी लगातार विमारी परिरहने भएकाले म्याद नथपी हाजिरी जवानीमा हिरासत मुक्त गर्न लागिएको सीआईबीका एक अधिकारीले नेपालबहसलाई जानकारी दिए ।
९ किलो सुन भेपमा तस्करी प्रकरणमा उनी पक्राउ परेका थिए । महरामा विभिन्न खालको रोग भएकाले सरकारी वकिल कार्यालयमा प्रक्रिया मिलाएर छाड्न लागिएको हो । गत सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदा न्यायाधीश दुर्गाप्रसाद खनाल समक्ष महराले आफूमा ७–८ वटा रोग भएको बताएका थिए । त्यसपछि अदालतले नै उनलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको थियो ।
महरा टीबी, युरिक एसिड, प्रोस्टेट, डायबिटिज, ब्लड प्रेसर लगायतका रोगबाट ग्रसित रहेका छन् । पक्राउ परे यता उनी नर्भिक अस्पतालमा बस्दै आएका छन् । अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जुन म्याद पनि सकिएको छ । अब म्याद नथप्ने र प्रक्रिया मिलाएर घर पठाउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार