सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकले मेदान्त हस्पिटलमा विशेष छुट पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १३:२८:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/citizens-Bank-MEDANTA_xtkTCJ18Wv_tPpAFgvsh5.jpg)
९ चैत, काठमाडौं । बिगत १७ वर्षदेखि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कमा १५% सम्म छुट दिने सम्बन्धी समझदारी पत्रमा पुनः हस्ताक्षर भएको छ । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्षदेखि निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
तपाइलाई किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार