ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १४:३९:३
९ चैत, दमक झापा । झापामा ब्याडमिन्टन खेलाडीको पहलमा कभर्डहल निर्माण गरिएको छ । दमक नगरपालिका–७ नमुना बस्तीमा कभर्डहल निर्माण गरिएको हो ।
कभर्डहलको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । कभर्डहल निर्माणका लागि दमक–७ को वडा कार्यालयले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएको हो । सोही जग्गामा दमक नगरपालिका, कोशी प्रदेश सरकार र सङ्घीय सरकारले उपलब्ध गराएको रु एक करोड ५० लाखमा कभर्डहल निर्माण गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिइन्र ।
कभर्डहलमा ब्याडमिन्टनका चार कोर्टसहित खेलाडीको सुविधाका लागि अन्य संरचनासमेत निर्माण गरिएको छ । विसं २०७८ माघ ३ गते सो कभर्डहलको शिलान्यास गरिएको थियो । कभर्डहल निर्माण गर्न ब्याडमिन्टन खेलाडी टङ्क बस्नेतको अध्यक्षतामा निर्माण समिति गठन गरिएको थियो ।
यसैगरी दमक–९ स्थित शान्तिचोकमा कभर्डहलको पुनःनिर्माण कार्यले तीव्रता पाएको छ । कभर्डहल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् 'राखेप' मार्फत सरकारले चालु आर्थिक वर्षमा रु ८५ लाख ४६ हजार विनियोजन गरेको थियो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईका अनुसार एक दशकदेखि निर्माण थालिएको सो कभर्डहल बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको थिएन । कभर्डहलको लागत रु १४ करोड रहेको छ । हालसम्म रु तीन करोड बराबरको संरचना तयार भएको उनले बताए । सो कभर्डहल निर्माणका लागि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार