वित्तीय प्रणालीबाट नेपाल राष्ट्र बैंकले तान्यो १ खर्ब
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १५:१४:१८
९ चैत्र, काठमाडौं । हिजो बिहीबार र आज शुक्रबार गरी नेपाल राष्ट्र बैंकले १ खर्ब रकम तानेको छ । अधिक तरलता व्यवस्थापनका लागि रकम तानिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले दुई दिनमा १ खर्ब रकम तान्नुपरेको राष्ट्र बैंकको भनाइ छ । आज ५० अर्बको बोलकबोल भएको छ ।
विहीबार १४ दिनका लागि ५० अर्ब रकम खिचेको राष्ट्र बैंकले शुक्रबार फेरि २१ दिनका लागि ५० अर्ब नै तरलता खिचेको छ । दुई दिनमा १ खर्ब रकम वित्तीय प्रणालीबाट झिकिएको छ । निक्षेप संकलन खरिदका लागि आज बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गरेका छन् ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था छ । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिन्छ । राष्ट्र बैंकले खिचेको १ खर्ब ४१ अर्ब बिहीबार फिर्ता गरेको छ । स्थायी तरलता सुविधा मार्फत लिएको पैसा परिपक्क भएपछि सो रकम फिर्ता भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
माघ ६, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार