रुसको एक कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु, १५० बढी घाइते
नेपालबहस संवाददाता
चैत १०, २०८० शनिबार ११:२९:२
१० चैत, एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १५० भन्दा बढी घाइते भएका छन् ।
शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्यान्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले उल्लेख गरेको छ ।
आक्रमणमा कम्तीमा पाँच बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ ।
बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो । हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।
घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् । कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अल जजिराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार