मन्त्री बन्ने मुड बनाएर रञ्जीताले भेटिन प्रधानमन्त्री
नेपालबहस संवाददाता
चैत १०, २०८० शनिबार १४:४७:४९
१० चैत, धनगढी । मन्त्री बन्ने मनसाय राखेर नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेकी छन् । शनिबार उनले प्रधानमन्त्रीलाई भेटेर सरकारमा जाने संकेत गरेकी हुन् । भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवं टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।
नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टीम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको मेयर डंगौराले बताए ।
सुदूरपश्चिमका लागि भने नागरिक उन्मुक्तिका बहुमत प्रदेश सभा सदस्यहरूले कमल बहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री शाह अहिले अल्पमतमा छन् । उनले चैतको २३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । उनीसँग आफ्नो पार्टी (नेपाली काँग्रेस) का १८ र उन्मुक्तिका ७ जना र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै समर्थन छ । बहुमतका लागि उनलाई १ जना प्रदेश सभा सदस्यको कमी भएको छ ।
नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादका कारण पनि मुख्यमन्त्री शाह, उसका पूरै ७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिनेमा ढुक्क छैनन् । नागरिक उन्मुक्तिबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनाएका कैलाश चौधरीलाई हटाएर उनको ठाउँमा ईन्द्रा गिरिलाई राज्यमन्त्री बनाएपछि उनी रुष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
एमाले सचिवालय बैठक शनिवार बस्ने
कात्तिक २३, २०८१ शुक्रबार
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
मृग भनेर हानेको गोली साथीलाई लागेपछि...
कात्तिक २३, २०८१ शुक्रबार
देशभरको मौसम सफा रहने
कात्तिक २३, २०८१ शुक्रबार
नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार