सुन अनुसन्धानमा खटिएका सीआईबीका ४ निरीक्षकको सरुवा
नेपालबहस संवाददाता
चैत ११, २०८० आइतबार १२:५२:१७
११ चैत, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेपछि सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) अधिकारीहरू धमाधम सरुवामा पर्न थालेका छन् । पछिल्लो पटक सीआईबीमा कार्यरत ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ ।
सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा सीआईबीका एआईजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाहीका लागि सिफारिस गरेपछि सबैलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।
अनुसन्धानमा खटिएकालाई अन्यत्र सरुवा गर्नुपर्ने भन्ने सिफारिसका आधारमा इन्स्पेक्टरहरूको पनि सरुवा गरिएको सीआईबीले जनाएको छ । सरुवामा पर्नेहरूमा इन्स्पेक्टर सुरेश खत्री, रञ्जित लामा,वकिल सिंह र कृष्ण श्रेष्ठ रहेका छन् । खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ भने रञ्जित लामाको प्रधान कार्यालयमै सरुवा भएको छ ।
वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ भने अर्का इन्स्पेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर राजु अधिकारीलाई सीआईबीमा लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार