होलीमा १०२ जना पक्राउ, ७८४ सवारी साधन कारबाहीमा
नेपालबहस संवाददाता
चैत ११, २०८० आइतबार १९:५३:३८
११ चैत, काठमाडौं । होली पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । साढे ७ सय सवारी साधन नियन्त्रणमा लिइएको छ । जवरजस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए ।
यसपटकको फागु पूर्णिमा विगत वर्ष भन्दा तुलनात्मक रुपमा शान्तिपूर्ण र ठूला अपराधका घटनाहरु नभएको प्रहरीको भनाइ छ । मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाईलक/स्कुटर होल्ड गरिएको छ । १५ वटा सवारी साधान पनि होल्डमा परेका छन् । कार्यालयका एसपी अवधेश बिष्टले लापरवाही गर्ने र मापसे गरि सवारी साधन चलाउनेलाई होल्ड गरिएको बताए ।
त्यस्तै काठमाडौंबाट ७०, भक्तपुरबाट ४ र ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिष्टले पनि विगतका वर्षभन्दा शान्तिपूर्ण ढंगले फागु पूर्णिमा पर्व सकिएको जनाए । उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाईं र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ । ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार