अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १०:५२:२९
१२ चैत, धनगढी । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाँउपलिका- ७ सुयेडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।
उनका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइ नसकेको उनले बताए । घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार