स्वर्गको एक टुक्रा कालिञ्चोक ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १४:४०:५२
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१२ चैत, दोलखा । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।
कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।
कालिञ्चोक पर्यटकीय र धार्मिक दुबै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रादेखि हिउँ खेल्न रुचाउने युवाहरु अनि प्रेमका जोडीहरू सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ।
भगवती देवीले आफ्नो इच्छा पुरा गरिदिने बिश्वास लिएर भक्तजनहरु टाढा-टाढाबाट कालिञ्चोक आउने गर्छन । फिल्मकर्मीहरुले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यही खिचिने गरिन्छ । मन्दिर जान सहजताको लागि यहाँ कालिञ्चोक प्राली केवलकारले सेवा दिइरहेको छ।
उकालो चढ्न ग्राहो हुनेहरुलाइ केबलकारको सहयोगमा माथि जान पाइन्छ । कुरी गाँउमा हिउँदमा हिउँ खेल्न आउनेहरुको भिड नै लाग्ने गर्दछ । हिउँद को समयमा कुरिका होटलहरू लाइ भ्याइनभ्याइ हुने गर्छ । जाने हैन त कालिञ्चोक ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार