संघमा गठबन्धन फेरिएपछि प्रदेशमा पनि फेर्नुपर्छ भन्ने मान्यताले संघीयता बलियो हुँदैनः शेखर कोइराला
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार ११:१९:५२
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले संघ गठबन्धन परिवर्तन हुने बित्तिकै प्रदेश सरकारलाई पनि फेर्नुपर्छ भन्ने मान्यता गलत भएको बताएका छन् । उनले केन्द्रीय सत्ताको अस्थिरता प्रदेशमाथि लाद्न खोज्दा संघीयता असफल हुने बताएका छन् ।
कोइरालाले सामाजिक सञ्जाल फेसबुक पेजमा पटक–पटक प्रदेश सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठीक भएको बताएका छन् । उनले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने राजनीतिक संस्कार गलत भएको तर्क गरेका छन् ।
स्थायी गठबन्धन नहुँदा त्यसको असर संघमा परिरहेको र यसले प्रदेशमा पनि प्रभाव पार्दा विकासमा बाधा पर्ने मात्र नभएर व्यवस्थामाथि प्रश्न उठ्ने बताएका छन् । वर्तमान प्रदेश सभाको अंकगणित संघकै गठबन्धन अनुरूप भएको भन्दै उनले यसबाट थप अस्थिरता आउने दावी गरेका छन् ।
केन्द्रकै अनुसार प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको उल्लेख गरेका छन् ।
यसले संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ । प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरुरी रहेको उनको भनाइ छ । केन्द्रमा नेकपा एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । त्यसको सिकार प्रदेश सरकारका प्रमुखहरू हुने गरेका छन् ।
कोइरालाले लेखेका छन, ‘निर्वाचन भएको डेढ बर्षमै पटक–पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठीक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार