एनआईसी एसियाको स्वामित्वमा रहेको २ कम्पनीको शेयर लिलामी भर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार ११:३२:४९
१३ चैत, काठमाडौं । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको शेयर लिलामी भर्ने आज मंगलबार अन्तिम दिन रहेकोले कार्यालय समयसम्ममा यसमा आवेदन दिनुपर्ने हुन्छ । बैंकले चैत ४ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । जसमा बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
आवेदकले यसमा लगानीकर्ताले न्यूनतम् २४५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम् ७५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
दुवै कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनआईसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार