स्याङ्जाका पालिकाले एक अर्ब १२ करोड अनुदान पाउने
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार ११:४८:४०
•प्रकाश डोटेल
१३ चैत, स्याङ्जा । स्याङ्जाका स्थानीय सरकारहरूले एक अर्ब १२ करोड ४ लाख अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारले स्थानीय सरकारलाई दिने अनुदान सिफारिस गरेपछि जिल्लाका स्थानीय सरकारहरूले उक्त रकम अनुदान पाउने भएका हुन ।
जिल्लाका ११ स्थानीय सरकारले न्यूनतम वित्तीय समानीकरण अनुदान तर्फ ३५ करोड ७५ लाख पाउने छन् । सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान तर्फ ७० करोड ४३ लाख पाउने छन् भने कार्य सम्पादन मुल्यांकन शीर्षकमा ५ करोड ८६ लाख अनुदान पाउने गरी वित्त आयोगले सिफारिस गरेको छ ।
५ नगरपालिका रहेको स्याङ्जामा सबै भन्दा बढि अनुदान पाउने नगरपालिका तर्फ वालिङले १५ करोड १० लाख पाउने छ भने पुतलीबजारले १३ करोड ८८ लाख अनुदान पाउने छ । १२ करोड ४५ लाख गल्याङले पाउँदा भीरकोटले १० करोड २२ लाख पाउँछ भने चापाकोटले १० करोड ७ लाख अनुदान पाउने भएको छ ।
जिल्लाका ६ गाउँपालिका मध्ये सबै भन्दा बढि अनुदान कालिगण्डकीले ९ करोड ४४ लाख पाउँदा सबै भन्दा कम फेदीखोलाले ७ करोड ४८ लाख पाउने छ । उता बिरुवाले ८ करोड ६३ लाख पाउने छ भने आँधीखोलाले ८ करोड ३६ लाख अनुदान पाउँछ । आयोगको सिफारिस अनुसार हरिनासले ८ करोड २३ लाख पाउँदा अर्जुनचौपारी ८ करोड १८ लाख मात्रै अनुदान पाउने भएको छ ।
न्यूनतम र सूत्रका आधारमा पाउने वित्तीय समानीकरण अनुदानको तुलनामा कार्यसम्पादनमा आधारित अनुदानको महत्व फरक रहेको जानकारहरुको भनाई छ । उनीहरुका अनुसार न्यूनतम् र सूत्रमा आधारित अनुदान सामान्य स्थानीय सरकारको अधिकार जस्तै हो, कार्यसम्पादन मुल्यांकन भनेको स्थानीय सरकारको दैनिक रुपमा गर्ने काम र नागरिकको सेवा हो ।
कार्यसम्पादन मूल्यांकनमा सबै भन्दा बढि अनुदान पाउनेमा भीरकोटले ६० लाख पाउने छ भने सबै भन्दा कम हरिनासले ४० लाख पाउने छ । कार्यसम्पादनमा आँधीखोलाले ५८ लाख पाउँदा फेदीखोला र कालिगण्डकीले समान ५७ लाखको दरमा अनुदान पाउने छन् ।
उता वालिङ र गल्याङले ५६ लाखको दरमा कार्यसम्पादन तर्फ अनुदान पाउँदा अर्जुनचौपारीले ५४ लाख पाउँछ । बिरुवाले ५२ लाख अनुदान पाउँदा पुतलीबजारले ५१ लाख अनुदान पाउने छ भने चापाकोटले ४५ लाख मात्रै कार्यसम्पादन शीर्षकमा अनुदान पाउने भएको छ ।
चालु आर्थिक वर्ष २०८०-०८१ का लागि भने सरकारले समानीकरण अनुदान तर्फ जिल्लाका पालिकालाई एक अर्ब ११ करोड ५६ लाख विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा आगामी वर्ष आउने वित्तीय समानीकरण अनुदानमा ४८ लाख बृद्धि हुने भएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
विभिन्न कार्यक्रम आयोजना गरी विश्व माटो दिवस मनाइँदै
मंसिर २०, २०८१ बिहिबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार